• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

अफगानिस्तानद्वारा साविक विजेता इङ्ग्ल्यान्ड पराजित



काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो ।

इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०/१० रन बनाए

बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन÷तीन तथा मोहम्मद नवीले दुई विकेट लिए ।

यसअघि अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने । राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए ।

बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए ।