१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

२५ वर्षभन्दा कम उमेरमा कोरोनाको प्रभाव बढी देखिएकाले विद्यालय बन्द गर्नुपर्‍यो — शिक्षामन्त्री (भिडियो सहित)

२५ वर्षभन्दा कम उमेरमा कोरोनाको प्रभाव बढी देखिएकाले विद्यालय बन्द गर्नुपर्‍यो — शिक्षामन्त्री (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ । 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाईबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रीपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने । बैशाख मसान्त सम्मको स्थितिलाई हेर्दैै जाने ।’

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरेपनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य मन्त्रालयले तोकिएका जिल्लाहरु र घोषित शहरहरु जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ति शहरहरु र जिल्लाहरुमा डिसीसीएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ति शहर र जिल्लामा बैशाख मसान्तसम्म भौतिक रुपमा विद्यार्थीहरुलाई स्कुलमा आउन अनिवार्य नगर्ने । वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्नेगरी वैशाख मसान्त सम्मका लागि स्थगित गरिएको छ ।’ मन्त्री श्रेष्ठले कुनैपनि तहको परिक्षा नरोकिने पनि स्पष्ट पार्नुभयो । असारदेखि नयाँ शैक्षिक सत्र शुरु हुनेपनि उहाँले बताउनुभयो ।