२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै



अ+ अ-

सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।

जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ ।  हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिनुभयो । 

उहाँले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताउनुभयो । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार  गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो । 

सेनाले जिल्लाका छ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले  नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाइएको छ । हेलिप्याड निर्माण गर्न बाँकी  स्थानीय तहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको प्रमुख सेनानी बस्नेतले जानकारी दिनुभयो । रासस