• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

इंग्ल्याण्डविरुद्ध रहमानउल्लाह गुरबाजले अर्धशतक बनाएर कीर्तिमान राखे



एजेन्सी । अफगानिस्तानले विश्वकप २०२३ को १३ औं खेलमा साविक विजेता इंग्ल्याण्डको सामना गर्दैछ । दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका ब्याट्सम्यानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

पहिलो पावरप्लेमा अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाज र इब्राहिम जद्रानले तीव्र गतिमा खेल्दै कीर्तिमानी रन बनाए ।

इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानलाई गुर्बाज र जाद्रानले तीव्र सुरुवात दिलाए । दुवैले पहिलो पावरप्लेमा ७९ रन जोडे । यो विश्वकपमा अफगानिस्तानको पहिलो पावरप्ले उच्च स्कोर बन्यो । यसअघि सन् २०१९ को विश्वकपमा अफगानिस्तानले पहिलो पावरप्लेमा ६१ रन जोडेको थियो ।

यो विश्वकपमा अफगानिस्तानका लागि पहिलो ५०ं ओपनिङ पार्टनरशिप हो । यसबाहेक रहमानउल्लाह गुरबाजले ३३ बलमा अर्धशतक प्रहार गर्दै इतिहास रचे । गुरबाज विश्वकपमा ५० प्लस स्कोर गर्ने तेस्रो खेलाडी बने । रहमत शाह पहिलो स्थानमा छन् । जावेद दोस्रो नम्बरमा छन् ।

यति मात्र होइन, गुरबाज एकदिवसीय विश्वकपमा अफगानिस्तानका लागि सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान बने । गुरबाजले आउट हुनुअघि ८० रनको इनिङ खेले । यो सूचीमा समिउल्लाहको नाम शीर्ष स्थानमा छ । समिउल्लाहले सन् २०१५ मा स्कटल्याण्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए ।