• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला हुन् ?



एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ । यहाँ राजनीतिमा महिला बस्नु सामान्य कुरा होइन, तर तानाशाह किम जोङकी बहिनी पनि राजनीतिमा प्रवेश गरेर आफ्नो पकड बलियो बनाएकी छिन् ।

यसैबीच, यो पनि भनिएको छ कि किम जोङ आफ्नी बहिनीसँग डराएका छन्, किनभने उनी तानाशाह भन्दा बढी आक्रामक र छिटो चतुर छन् । किमकी बहिनी यो जोङको क्रूरताका बारेमा पनि धेरै कथा सुनिएका छन् ।

अमेरिकामा बस्ने उत्तर कोरियाली लेखक सुङ युन लीले एउटा पुस्तक लेखेकी छन् । यो किताबमा उनले यो जोङ अहिले विश्वकै सबैभन्दा खतरनाक महिला बनेको बताएकी छन् । सुङ युन लीको पुस्तकको नाम ‘द सिस्टर–नर्थ कोरियाज किम यो जोङ, द मोस्ट डेन्जरस वुमन’ हो । यो पुस्तकले किमकी बहिनीले कसरी एक साधारण कार्यकर्ताको रूपमा आफ्नो पार्टीको काम सुरु गरिन् र कसरी उनी यति शक्तिशाली भइन् भनेर बताउँछ । यो जोङलाई उनका भाइ किमको उत्तराधिकारी मानिन्थ्यो ।

कोरोना महामारीका बेला किम जोङ लामो समयसम्म बेपत्ता रहे । उनको मृत्यु भएको हल्ला पनि चलेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि किम नभएको भए देशको लगाम उनकी बहिनीको हातमा हुने विश्वास गरेका थिए ।

पुस्तकका लेखक युन लीको उत्तर कोरियासँग लामो सम्बन्ध छ । उनले त्यहाँको राजनीतिलाई नजिकबाट हेरेकी छन् । उनले पुस्तकमा दावी गरेकी छन् कि यदि मौका दिइयो भने किमकी निर्दोष देखिने बहिनी आफ्नो भाइ भन्दा पनि क्रूर साबित हुनेछिन् । उनी ठूला निर्णय लिन हिचकिचाउँदिनन् । कसैको हत्या गर्नु पनि उनका लागि ठूलो कुरा होइन ।

किमकी बहिनीका यी कुरामा पत्याउन सजिलो छैन, तर छिमेकी देश दक्षिण कोरियाको गुप्तचर एजेन्सीहरूले लगातार किमलाई पन्छाउने यो जोङ निकै शक्तिशाली भएको बताउँछन् ।