काठमाडौं । नेकपा (एमाले)ले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ ।
आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र प्रकाश ज्वालासहित ५ जना रहनुभएको छ ।
उहाँहरुबाट चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।








