काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७००१ जनाको पीसीआर र ५४७ को एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यसमध्ये १२२७ जनामा पीसीआर परीक्षण र ५४ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ । यस्तै २ लाख ७५ हजार ५५५ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २५५ संक्रमित निको भएका छन् ।
सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ रहेको छ ।








