२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस



अ+ अ-

एजेन्सी । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् ।

उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले प्यालेस्टानइनको रातो, कालो र हरियो झण्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए । कतिपयले फ्रि प्यालेस्टाइन, प्यालेस्टाइनलाई साथ दिनुहोस् र व्यवसाय आतंकवाद हो ? जस्ता प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरुले गाजामा युद्ध बन्द गर्न, निर्दोष नागरिकको हत्या रोक्न र इजरायली रंगभेदलाई दिइने सबै सहायता बन्द गर्न माग गरेका थिए ।

उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका थिए ।