• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात् आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेर एक लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।