२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैनः नेता शेखर कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिबाट अलग रहेको नेपाली सेनामा माओवादीका पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको जनाउनु भएको छ ।

नेता कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न चेतावनी पनि दिनु भएको छ ।

माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा यम बहादुर अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन हुनु भएको थियो ।

नेपाली सेनाको विशेष पद खडा गरी उहाँलाई नियुक्ति दिएपनि पटक पटक म्याद थप गरिए पछि सेनामा हस्तक्षेप भएको भन्दै आलोचना हुँदै गएको छ ।

 नेता कोइरालाले लेख्नुभएको छ-

नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।