२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा पुनः भूकम्पको धक्का



अ+ अ-

लमजुङ । यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
 
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २।५ रेक्टर स्केलको भूकम्प गएको  थियो ।

गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । रासस