• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कोशी सरकार: कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं। कोशी प्रदेशमा सरकार गठनका लागि भएका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछिको अबस्था बारे छलफल गर्न बैठक बोलाएको हो ।

बैठक दिउँसो १२ बजे बोलाईएको छ । पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका ९ प्रदेशसभा सदस्य मिलेर केदारलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको छ ।

कार्कीलाई नेकपा एमालेका ३९ सांसद र काग्रेसका ८ सांसदको समर्थन रहेको छ । सत्ता गठबन्धनको बैठकले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।