१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो



अ+ अ-

काठमाडौँ : विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो ।

खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ । रासस