२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटायो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ ।

यसरी परिचालन भएका जनशक्ति थप हुन् । वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले परिचालन गरेका आफूमातहतका कर्मचारीहरुले नियमित काम गरिरहनेछन् ।

जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । आज टोलीले नयाँ बानेश्वर, कोटेश्वर, चावहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गर्नेछन् ।

जनशक्तिलाई कामका बारेमा जानकारी गराउँदै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, परिचालित जनशक्तिबाट सुग्घर सडक अपेक्षा गरिएको नतिजा भएको बताउनुभयो । त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भोलिदेखि टेकुमा भेला गरेर फरक फरक दिनमा फरक फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिनुभयो ।

सफाइका क्रममा पानी जमेका खाल्टा देखिए खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्ने काम गर्नु पर्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कामको विवरण उल्लेख गर्नुभयो ।

वातावरण व्यवस्थापन विभागकाअनुसार पर्वलक्षित सफाइ सडक केन्द्रीत हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यस क्रममा ब्रमुर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईकाअनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । यसवापत उनीहरुले दैनिक ६६८ रुपैयाँ पारिश्रमिक पाउँछन् । उनीहरुका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ ।