२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

बिहिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

कोशी प्रदेश सभा ९३ सदस्यीय छ। बहुमतका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ। कोशीमा नेकपा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा (एकीकृत समाजवादी) का चार जना, जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका थिए ।