• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पिथौरागढको पार्वती कुण्डमा पूजा गरे



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज उत्तराखण्ड भ्रमणमा छन् । प्रधानमन्त्री मोदीले पिथौरागढको पार्वती कुण्डमा पूजा गरेका छन् । त्यसपछि मोदीले गुञ्जीमा रहेको रण समाजको स्टलमा परम्परागत वस्तु र उत्पादनहरुको अवलोकन गरेका छन् ।

साथै उनले परम्परागत बाजा ढोल बजाएका थिए । उनले स्थानीयहरुसँग हात मिलाएर अभिवादन गरे । प्रधानमन्त्रीले पिथौरागढमा करिब ४,२०० करोडको धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नेछन् ।

आजै प्रधानमन्त्री मोदी भारतको आध्यात्मिक भूमि आदि कैलाश पुगेका छन् । यहाँको शिव मन्दिरमा पूजाआजा गर्दै प्रधानमन्त्रीले आदिकैलाशको भव्य दर्शन गरी देशको सुख, समृद्धि र समृद्धिको कामना गरेका थिए ।

शिव धाम आदि कैलाश पुग्दा प्रधानमन्त्री मोदीलाई न्यानो स्वागत गरिएको थियो । सो क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए ।

निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री मोदी आज बिहान ९ बजे पिथौरागढस्थित जिओलिङ्काङ हेलिप्याडमा हेलिकप्टरबाट अवतरण गरेका हुन् । यहाँबाट गाडीमा करिब डेढ किलोमिटरको दुरी काटेर हिमालयको चुचुरोमा रहेको पार्वती सरोवर र शिव मन्दिर पुगे । करिब २५ मिनेट भगवान शिवको पूजा र ध्यान गरे ।

त्यसपछि प्रधानमन्त्री मोदीले आदि कैलाश पर्वत र पार्वती सरोवरको पनि भ्रमण गरेका थिए । उनले आदि कैलाशलाई देखेपछि मन प्रसन्न भएको र जीवन धन्य भएको बताए । प्रधानमन्त्रीले उत्तराखण्ड भगवानको भूमि रहेको बताए ।