१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा



अ+ अ-

किर्गिजस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी० ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो ।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राख्नुभएको अवस्थामा ती देश उहाँलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन ।

रुसी समाचार समितिहरू तास, इन्दरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान आइपुग्नुभएको बताएका छन् ।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्नुहुने कार्यक्रम छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उहाँले सायदै रुस छाड्नुभएको छ । गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गर्नुभएको थियो ।

अब उहाँले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहनुभएको छ । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ ।

यद्यपि व्यवहारत: रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो ।

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ ।

रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसीसीको सदस्यका हिसाबले उसलाई कानूनी टाउको दुखाईको विषय बनेको थियो । यद्यपि अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो ।