• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

प्रतितोला सात सय रुपैँयाले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहिबार सुन-चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला सात सय रुपैँयाले बढेर एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रूपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजाबी प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।