२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा सप्ताह लगाएर बनाईँदैछ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा



अ+ अ-

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक नवरात्रीको ९ दिनसम्म नवाह यज्ञ गरिँदैछ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट गर्ने तयारी छ ।

भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ ९घटस्थापना देखि विजया दशमीसम्म० सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित् दिनबन्धु पोख्रेल अतिथि रहनेछन् ।

उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो।

नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरेर महायज्ञको सुरुवात गर्ने संयोजक आनन्द पौडेलले जानकारी दिए। कलस यात्रा सकिएपछि नवाहको कथा बाचन सुरु गरिनेछ ।