२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यु–१९ प्रिमियर कप: नेपालले ब्याटिङ गर्दै, देव खनालले बनाए शतक



अ+ अ-

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेको छ ।

इरानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको युकेएम ओभल, बान्गी मैदानमा भएको खेलमा नेपालका देव खनालले शतक प्रहार गरेका छन् । उनले ६० बलको सामना गरी १०० रन बनाए । उनी सल्मान रियाजमन्डको बलमा क्याचआउट भए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान दीपक बोहराले पनि ५९ बलको सामना गरी ६५ रन बनाएर आउट भएका छन् ।

तर अर्जुन धामी ० र आकाश त्रिपाठी ३ रनमै पवेलियन फर्केका छन् ।

पछिल्लो अवस्थामा नेपालले २५ ओभरमा ४ विकेट गुमाएर २२० रन बनाइसकेको छ ।

क्रिजमा अहिले विकेटकिपर दीपक प्रसाद डुम्रे ३० र दीपेश कँडेल ६ रन बनाएर खेलिरहेका छन् ।

नेपाली टिम
दीपक बोहरा, अर्जुन कुमाल, आकास त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, दीपक बोहरा (२), आकाश चन्द, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी