४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यु–१९ प्रिमियर कप: नेपालले ब्याटिङ गर्दै, देव खनालले बनाए शतक



अ+ अ-

मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो एक दिवसीय खेलमा नेपालले इरान विरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेको छ ।

इरानले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको युकेएम ओभल, बान्गी मैदानमा भएको खेलमा नेपालका देव खनालले शतक प्रहार गरेका छन् । उनले ६० बलको सामना गरी १०० रन बनाए । उनी सल्मान रियाजमन्डको बलमा क्याचआउट भए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान दीपक बोहराले पनि ५९ बलको सामना गरी ६५ रन बनाएर आउट भएका छन् ।

तर अर्जुन धामी ० र आकाश त्रिपाठी ३ रनमै पवेलियन फर्केका छन् ।

पछिल्लो अवस्थामा नेपालले २५ ओभरमा ४ विकेट गुमाएर २२० रन बनाइसकेको छ ।

क्रिजमा अहिले विकेटकिपर दीपक प्रसाद डुम्रे ३० र दीपेश कँडेल ६ रन बनाएर खेलिरहेका छन् ।

नेपाली टिम
दीपक बोहरा, अर्जुन कुमाल, आकास त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, दीपेश कँडेल, दीपक बोहरा (२), आकाश चन्द, सुबास भण्डारी, मिलन बोहरा, हेमन्त धामी