• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बझाङको भाटेखोला केन्द्रविन्दु भएर मध्यरातमा ठूलो भूकम्प



बाजुरा भूकम्पबाट क्षति (फाईल फोटो)

बझाङ केन्द्रबिन्दु भएर फेरि मध्यराति भूकम्प गएको छ ।

मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केही दिनदेखि लगातार ठूलै भूकम्प गइरहेका कारण बझाङ आसपासमा धनजनको क्षति हुनुका साथै त्रासको वातावरण उत्पन्न भएको छ । गएरातिको भूकम्प पश्चात् मानिसहरु आत्तिएर मध्यरातमै घरबाहिर पुगेको स्थानीय संवाददाताहरुको भनाई छ ।