१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आममाफी पाएका रिगललाई जेल चलान गर्न र पीडितलाई न्याय माग्दै माईतीघरमा आन्दोलन



अ+ अ-

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुन: थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् ।

बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ती दिन माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्‍याली गरेका छन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो ।

रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ । आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताउनु भयो ।

उहाँले दिनदहाडै हत्या गरेको सजया सरकारले आममाफी दिनु भनेको अपराध भएको बताउनु भयो । त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताउनु भयो । उहाँले आममाफी दिनेकाम फिर्ता गर्नुपर्ने बताउनु भयो । सकरारले महिलामाथि नै आक्रमण गरेको बताउनु भयो ।

आन्दोलनकारीहरुले भारतीले न्याय पाउनुपर्ने बताए । स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका छन् । आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।