• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक सय रुपैँयाले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी मंगलबारमै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।