२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग म‌गलबार टेलिफोन वार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुप र प्रकटीकरणका विरुद्ध नेपाल दृढताका साथ उभिएको बताउनुभयो । साथै उहाँले उक्त आक्रमणको निन्दा गर्नुभयो ।

परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नाका साथै घाइते भएका चार जनाको उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गर्नुभयो । इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उहाँले कोहेनसँग आग्रह गर्नुभयो ।

आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण सङ्कलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिनुभएको थियो ।

प्रत्युत्तरमा इजरायलका विदेशमन्त्रीले नेपाल सरकार, नेपाली जनता र मृतकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै आतङ्कवादीका कारण आफ्नो देश कठिन अवस्थामा रहेको जानकारी मन्त्री साउदलाई दिनुभएको मन्त्रालयले बताएको छ ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न तथा स्वदेश फर्कन चाहने नेपालीलाई इजरायल सरकारले उच्च प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभएको उक्त मन्त्रालयले जनाएको छ ।रासस




भर्खरै