• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा शिर्ष नेताहरुसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ



काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शिर्ष नेताहरुसँग छलफल गरेर अगाडी बढनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानून , न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शिर्ष नेताहरुसँग छलफल गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको हो । समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले प्रतिवेदन पेश गरेको छ । उहाँले सो विधेयक समितिले छलफल गरी पारित गर्नुपर्ने भन्दै अपm्ठ्यारो परेको अवस्थामा दलका शिर्ष नेताहरुसँग छलफल गरेर अगाड बढ्नुपर्ने बताउनु भयो । यद्यपी शिर्ष नेताहरुसँग छलफल गरेपनि निर्णय भने समितिको नै हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यसमा छलफल गरेर हामी अगाडी बढ्ने हो । र शिर्ष नेताहरुसँग पनि हामी छलफल साइड बाइ साइड छलफल गर्दै पनि अगाडी बढ्ने हो । अपm्ठ्यारो पर्‍यो भने सोध्ने न हो । अपm्ठ्यारो पर्‍यो भने छोराछोरीले बा, आमालाई सोध्छन् नि त कहिलेकाहीँ । किन लजाउनुपर्‍यो । तर निर्णय यही समितिको हुन्छ । यही समितिले टुंग्याएर अगाडी बढ्छ । यो समितिले टुंग्याउन सकेन त्यसैले जे सुकै होस् भन्दैनौँ हामी । मेरो विनम्र साथ अनुरोध हो ।’

उहाँले तत्कालिन राज्य पक्ष र विद्रोहीका बिचमा भएको बृहत शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्ने बताउनु भयो ।