• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

चलचित्र ‘पशुपतिप्रसाद २ भष्मे डन’ को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने



काठमाडौँ । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताउनु भयो । उहाँले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताउनु भयो ।

सिनेमा एकदमै राम्रो लागेको बताउनु भयो । त्यस्तै निर्देशक दिपन्द्र के. खनालले भष्मे डन पनि पशुपतिप्रसाद जस्तै मन पराउनेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले भष्मे डन आफ्नो लागि पात्रको रुपमा मात्रै आफूले नहेरेको र आफ्नो पहिचान र परिचय रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको ट्रेलर नयाँ र राम्रो लागेको बताउनु भयो । उहाँले काम गर्दा नयाँ अनुभव सिकेको पनि बताउनु भयो ।

चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन् ।