९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनुपर्छ: मन्त्री शर्मा

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनुपर्छ: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने बताउनुभएको हो ।

उहाँले हुलाक सेवामा प्रविधियुक्त संगठनात्मक संरचना बनाउनुपर्ने बताउनु भयो । त्यस्तै हुलाक सेवामा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नुपर्ने पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो । मन्त्री शर्माले सरकारले प्रविधि र भौतिक पूर्वाधार सुधारसहित हुलाक सेवामा व्यापक सुधार ल्याउन पहल गरिरहेको बताउनु भयो । उहाँले सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउन सरकारले नीतिगत निर्णय गरिसकेको पनि जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘परम्परागत रुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन सकिने अवस्था छैन । यसमा व्यापक सुधार ल्याउन, सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउन सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त संगठनात्मक संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने उत्तिकै आवश्यक छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधारसहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहान्छु । विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो देखिन्छ । संसारका अन्य देशहरुले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अंग नै बनाइसकेका छन् । तर हाम्रोमा भने अझैपनि सरकारी निकाय नै ऐच्छिक सेवाको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । यो अवस्थालाई बदल्ने गरी सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि केही दिन अघि मात्रै सरकारले नीतिगत निर्णय गरिपनि सकेको छ ।’

‘हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा हुलाक सेवा विभाग र केही नीजि क्षेत्रका अनलाइन कम्पनी बिच सामानको ढुवानी सम्बन्धी सम्झौतापनि भएको छ । जिल्ला प्रशासन कार्यालयसम्म राहदानीको हुलाकमार्फत् ढुवानी गर्ने कार्य सुरु भएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सुचना प्रविधिको अत्याधिक विकास भएका देशमा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणजस्ता नागरिकका आधारभुत सेवा वितरण हुलाकबाट अनिवार्य गर्ने गरिएको छ । सुचना, प्रविधिको विकासले आधारभुत पत्राचारलाई डिजिटाइजेशन गरेको यथार्थ हो । तर हुलाक सेवाको औचित्य नै समाप्त भएको होइन । अब समय र प्रविधिको विकाससँगै हामीले हुलाक सेवाको दायरा फराकिलो बनाउनुपर्छ । नेपालभित्र हवाइ सेवा पुगेका जिल्लाहरुमा द्रुत डाक सेवा र विभिन्न देशसँग वैदेशिक द्रुत डाक सेवा सञ्चालनमा छ । यि सेवालाई अझै प्रभावकारी बनाउँदै हुलाक सेवाको पुन:संरचनामार्फत मौजुदा साधन, स्रोतको पूर्ण क्षमतामा परिचालन गरेर नयाँ व्यवसायिक ढाँचामा लैजाने तयारी थाल्न अब ढिलाइ गर्नु हुँदैन भन्ने हाम्रो विश्वास छ ।’

उहाँले हुलाक सेवाको पुन:संरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्मार्ट हुलाक बनाउनेगरी लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।