• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वकपमा न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै



एजेन्सी । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । उसले उद्घाटन खेलमा इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको नेदरल्यान्ड्स पहिलो जितको खोजीमा छ । यद्यपि, नेदल्यान्ड्स न्युजिल्यान्ड भन्दा कमजोर रहेको छ ।