काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दैहुनुहुन्छ ।
पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण गर्न शिलान्यास गर्न लागिएको हो । शिलान्यास आज बिहान ९ बजे गरिनेछ । आज कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रम ओलीले पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने भएको हो । २०७२ सालको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो।
त्यस्तै आजदेखि नेकपा एमालेले थापाथलीस्थित नयाँ पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने भएको छ।








