• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

को हुन् भारत–अष्ट्रेलिया खेलका क्रममा मैदानमा घुस्ने ?



एजेन्सी । भारत र अस्ट्रेलियाबीच चेन्नईमा भइरहेको एकदिवसीय विश्वकपको खेलमा टिम इन्डियाका इंग्ल्यान्ड फ्यान जार्भो (डेनियल जार्विस)फेरि मैदानमा घुसेका छन् ।

युट्युबर जार्भो यसअघि पनि भारतका खेलमा मैदान उत्रिसकेका छन् ।

जार्वोले ६९ नम्बरको जर्सी लगाएका थिए । उनलाई सुरक्षाकर्मीले मैदानबाट बाहिर निकालेका थिए । यस क्रममा भारतीय ब्याट्सम्यान विराट कोहलीले जार्वोलाई सम्झाउँदै गरेको देखिएको थियो ।

युट्युब भिडियो बनाउने जार्वो पहिलो पटक लर्ड्स टेस्ट म्याचका क्रममा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि उनले आफूलाई भारतीय टिमको फिल्डर भनेका थिए ।

यसपछि उनी हेडिङ्लेमा खेलिएको तेस्रो टेस्टमा ब्याट्सम्यानका रुपमा प्रवेश गरेका थिए । त्यो टेस्टमा भारतको पहिलो इनिङ्स मात्र ७८ रनमा समेटिएको थियो ।

उनी ओभलमा बलरको रूपमा प्रवेश गरे र इङ्ल्यान्डका ब्याट्सम्यान जोनी बेयरस्टोलाई पनि धक्का दिए । जार्भोलाई हेडिङ्ले क्रिकेट मैदानमा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाइएको छ ।