• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विराट विश्वकपमा सबैभन्दा बढी क्याच लिने भारतीय खेलाडी, वार्नरको हजार रन पूरा



एजेन्सी । भारत र अष्ट्रेलियाबीचको एकदिवसीय विश्वकप क्रिकेटको खेल आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा भइरहेको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङ थालेको छ ।

टोलीले ६ ओभरमा एक विकेट गुमाएर १६ रन बनाएको छ । डेभिड वार्नर र स्टिभ स्मिथ क्रिजमा छन् ।

मिचेल मार्स तेस्रो ओभरको दोस्रो बलमा खाता नखोल्दै आउट भए । उनी स्लिपमा कोहलीको हातमा बुमराहको बलमा क्याच आउट बनेका थिए ।

कोहली विश्वकपमा भारतका लागि सबैभन्दा बढी क्याच लिने खेलाडी बने । उनले १५ क्याच लिएका छन् । कोहलीले कुम्बलेको कीर्तिमान तोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले विश्वकपमा एक हजार रन पुरा गरेका छन् । उनी विश्वकपमा १०००ं रन बनाउने चौथो अष्ट्रेलियाली ब्याट्सम्यान हुन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर : file photo