काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको आफ्नो प्रयासलाई कमजोरी रुपमा नलिन चेतावनी दिनु भएको छ ।

बिहीबार मदननगर बल्खुमा निर्माण हुने केन्द्रीय कार्यालय, भवनको शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको तर यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिनु भएको हो ।
बुधबार मात्र आफुले नै कारबाही गरेका बरिष्ठ नेता माधब नेपाल संग होटल मेरियटमा दुइृ घण्टा भन्दा बढी लामो छलफल गर्नुभएका अध्यक्ष ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’बुधबामरको छलफलमा केन्द्रीय कार्यालय, भवनको शिलान्याश कार्यक्रम सहभागी हुन नेता नेपाललाई आग्रह गरेपनि नेपाल समूहका कुनै नेता पनि शहभागी भएनन् ।
२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पले भत्किएको एमालेको मुख्यालय दुई बर्षमा अत्याधुनिक रुपमा बनाउने लक्ष्य सहित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अबसर पारेर सिलन्यास गरिएको हो ।











