४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जुरी समयको नाटकीय उलटफेर, युनाइटेड २–१ ले विजयी



अ+ अ-

इन्जुरी समयको अन्तिम तीन मिनेटभित्र दुई गोल गरेर म्यान्चेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको अर्को टिम ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यसअघि ब्रेन्टफोर्डले २६ औं मिनेटमै माथियस यान्सेनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित ९० मिनेटसम्म गोल भएको थिएन ।

तर इन्जुरी समयको ९३औं र ९७ औं मिनेटमा म्यान्चेस्टरले जादूयी प्रदर्शन गरेको थियो । टिमका लागि स्कट म्याकटमेनीले तीन मिनेटको अन्तरालमा दुई गोल गरेर टिमलाई महत्वपूर्ण ३ अंक जुटाए । खासमा म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगमा लगातार तेस्रो खेल हारको सम्मुखमा पुगेको थियो ।

तनाबमा रहेका म्यान्चेस्टरका प्रशिक्षक एरिक टेन हागले ८७औं मिनेटमा स्कट म्याकटमेनीलाई स्थानापन्न खेलाडीका रुपमा मैदानमा पठाएका थिए ।

यो जितसँगै युनाइटेडको ८ खेलबाट १२ अंक छ, र टिम लिगको १० औं स्थानमा छ । पहिलो स्थानमा टोटेनह्याम हस्पर छ ।

आजै सम्पन्न अन्य खेलहरुमा टोटेनह्यामले लुटोनलाई १–०, चेल्सीले बर्नलीलाई ४–१, एभर्टनले बर्नमाउथलाई ३–० तथा फुलह्यामले शन्डरल्यान्डलाई ३–१ ले पराजित गरेका छन् ।