१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जुरी समयको नाटकीय उलटफेर, युनाइटेड २–१ ले विजयी



अ+ अ-

इन्जुरी समयको अन्तिम तीन मिनेटभित्र दुई गोल गरेर म्यान्चेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको अर्को टिम ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यसअघि ब्रेन्टफोर्डले २६ औं मिनेटमै माथियस यान्सेनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित ९० मिनेटसम्म गोल भएको थिएन ।

तर इन्जुरी समयको ९३औं र ९७ औं मिनेटमा म्यान्चेस्टरले जादूयी प्रदर्शन गरेको थियो । टिमका लागि स्कट म्याकटमेनीले तीन मिनेटको अन्तरालमा दुई गोल गरेर टिमलाई महत्वपूर्ण ३ अंक जुटाए । खासमा म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगमा लगातार तेस्रो खेल हारको सम्मुखमा पुगेको थियो ।

तनाबमा रहेका म्यान्चेस्टरका प्रशिक्षक एरिक टेन हागले ८७औं मिनेटमा स्कट म्याकटमेनीलाई स्थानापन्न खेलाडीका रुपमा मैदानमा पठाएका थिए ।

यो जितसँगै युनाइटेडको ८ खेलबाट १२ अंक छ, र टिम लिगको १० औं स्थानमा छ । पहिलो स्थानमा टोटेनह्याम हस्पर छ ।

आजै सम्पन्न अन्य खेलहरुमा टोटेनह्यामले लुटोनलाई १–०, चेल्सीले बर्नलीलाई ४–१, एभर्टनले बर्नमाउथलाई ३–० तथा फुलह्यामले शन्डरल्यान्डलाई ३–१ ले पराजित गरेका छन् ।