१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड क्रिकेटमा भारतलाई स्वर्ण



अ+ अ-

चीनको हाङझावमा आज सम्पन्न एसियाड क्रिकेटमा भारतलाई स्वर्ण पदक हात लागेको छ ।

भारत र अफगानिस्तानबीचको फाइनल खेलमा वर्षाले खेल अबरुद्ध भएपछि भारतको यसअघिको प्रदर्शनका आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको हो ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले संघर्षपूर्ण खेलमा १८.२ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर अफगानिस्तानको इनिङ समाप्त हुन १० बल बाँकी छँदा पानी पर्न थालेको थियो ।

तर त्यसपछि खेल हुन सकेन ।

अफगानिस्तानले रजत पदकमा चित्त बुझाउनु परेको थियो । यसैगरी बंगलादेशले पाकिस्तानलाई पराजित गरी तेस्रो स्थान अर्थात् काश्य पदक जितेको छ ।