१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

महिला कबड्डी बाहेक अन्य खेलमा नेपाल निराश

महिला कबड्डी बाहेक अन्य खेलमा नेपाल निराश
अ अ+ अ-

नेपालले चीनको हाङझावमा जारी एसियन गेममा खासै सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । तथापी नेपाली महिला कबड्डी टिमले भने कास्य पदक पाएको छ ।

शुक्रबार नेपाल सहभागी भएका खेलहरूको अवस्था  हेराैं ।

क्बड्डीमा नेपाल सेमिफाइनलमा पराजित

हाङझाव एसियाडअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पहिलो सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ ले हरायो ।

हारसंगै नेपाल कांस्य पदकमा सीमित भएको छ । नेपाल समूह ‘बी’ को लिग खेलमा बंगलादेशसंग ३७–२४ ले विजयी भएको थियो भने डिफेन्डिङ च्याम्पियन इरानसंग ४३–१९ ले हारेको थियो । त्यो नतिजाबाट नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्नुका साथै कम्तीमा कांस्य पदक सुनिश्चित गरेको थियो । एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल बनेको छ । यसअघि तेक्वान्दो, कराते, बक्सिङ र पाराग्लाइदिङले नेपाललाई पदक दिलाएका थिए ।

भारतले उपाधिका लागि शनिबार चाइनिज ताइपेईं विरुद्ध खेल्ने छ । शुक्रबारै ताइपेईंले इरानलाई ३५–२४ ले हराउदै फाइनलमा स्थान सुरक्षित ग¥यो ।

कराते

करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

कुस्ती

कुस्तीमा नेपालकी सुशिला चन्द पराजित भएकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरिन् ।

अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासंग ८–० ले पराजित भएकी थिइन् ।

शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । १२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभ विरुद्ध खेल्ने छन् ।

कराते
नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा शुक्रबार कास्य पदक जित्नबाट चुकेका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको कास्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।

त्यसअघि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे । विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले कास्य पदकका लागि खेल्नु प¥यो ।

हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् ।

महिला ६१ क्ेजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले चुकिन् ।

भलिबल
महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो ।

हाङझाव नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित ग¥यो ।

नेपालको यो चौथो हार हो । समूह चरणमा नेपाल भियतनाम र दक्षिण कवरियासँग समान ३–० को नतिजमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो ।

अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग खेल्ने छ । उक्त खेल शनिबार खेल्नेछ । मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।

डान्स ब्रेकिङ
डान्स स्पोर्ट्सको ब्रेकिङमा विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन् ।

पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् । प्रि सेलेक्सनमा कूल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा दिपक २३ औं स्थानमा रहे । दिपक भन्दा पछि ताजिकिस्तानका दुई खेलाडी रहे ।

एसियाडको डान्स स्पोर्ट्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन् । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

प्रि सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाली खेलकुदमा डान्स स्पोर्ट्स पहिलो पटक समावेश गरिएको हो । (राखेपको सहयोगमा)