• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   आज बकर इद मनाइँदै ★   बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट ★   नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो ★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

महिला कबड्डी बाहेक अन्य खेलमा नेपाल निराश



नेपालले चीनको हाङझावमा जारी एसियन गेममा खासै सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । तथापी नेपाली महिला कबड्डी टिमले भने कास्य पदक पाएको छ ।

शुक्रबार नेपाल सहभागी भएका खेलहरूको अवस्था  हेराैं ।

क्बड्डीमा नेपाल सेमिफाइनलमा पराजित

हाङझाव एसियाडअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पहिलो सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ ले हरायो ।

हारसंगै नेपाल कांस्य पदकमा सीमित भएको छ । नेपाल समूह ‘बी’ को लिग खेलमा बंगलादेशसंग ३७–२४ ले विजयी भएको थियो भने डिफेन्डिङ च्याम्पियन इरानसंग ४३–१९ ले हारेको थियो । त्यो नतिजाबाट नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्नुका साथै कम्तीमा कांस्य पदक सुनिश्चित गरेको थियो । एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल बनेको छ । यसअघि तेक्वान्दो, कराते, बक्सिङ र पाराग्लाइदिङले नेपाललाई पदक दिलाएका थिए ।

भारतले उपाधिका लागि शनिबार चाइनिज ताइपेईं विरुद्ध खेल्ने छ । शुक्रबारै ताइपेईंले इरानलाई ३५–२४ ले हराउदै फाइनलमा स्थान सुरक्षित ग¥यो ।

कराते

करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

कुस्ती

कुस्तीमा नेपालकी सुशिला चन्द पराजित भएकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरिन् ।

अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासंग ८–० ले पराजित भएकी थिइन् ।

शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । १२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभ विरुद्ध खेल्ने छन् ।

कराते
नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा शुक्रबार कास्य पदक जित्नबाट चुकेका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको कास्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।

त्यसअघि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे । विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले कास्य पदकका लागि खेल्नु प¥यो ।

हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् ।

महिला ६१ क्ेजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले चुकिन् ।

भलिबल
महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो ।

हाङझाव नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित ग¥यो ।

नेपालको यो चौथो हार हो । समूह चरणमा नेपाल भियतनाम र दक्षिण कवरियासँग समान ३–० को नतिजमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो ।

अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग खेल्ने छ । उक्त खेल शनिबार खेल्नेछ । मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।

डान्स ब्रेकिङ
डान्स स्पोर्ट्सको ब्रेकिङमा विधामा नेपालका दीपक लामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन् ।

पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् । प्रि सेलेक्सनमा कूल २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा दिपक २३ औं स्थानमा रहे । दिपक भन्दा पछि ताजिकिस्तानका दुई खेलाडी रहे ।

एसियाडको डान्स स्पोर्ट्समा सहभागी दीपक एक्लो नेपाली खेलाडी हुन् । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

प्रि सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडी भने अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाली खेलकुदमा डान्स स्पोर्ट्स पहिलो पटक समावेश गरिएको हो । (राखेपको सहयोगमा)