१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपालले मलेसियालाई ६९ रनले पराजित

नेपालले मलेसियालाई ६९ रनले पराजित
अ अ+ अ-

काठमाडौं । मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोर्णात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । 

नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो । मलेसियाका लागि  अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु पर्‍यो । यस्तै अन्य ब्याट्स म्यानले भने राम्रो योगफल तयार पार्न सकेनन् मलेसियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३-३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए । जारी प्रतियोगितामा ११ विकेट लिएका सन्दिप ट्वान्टी–२० क्रिकेटमा नेपालबाट सयौंं खेल खेल्ने पहिलो खेलाडी बनेका छन ।  लिगको दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको मलेसिया जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । छैटौ विकेटका क्रिजमा प्रवेश गरेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका थिए । १३ बलमा ७ छक्का प्रहार गरेका केसीले ४५ रन जोडेका थिए । अघिल्ला खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेल १६ रनमा पवेलियन फर्किदा आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्ले ४१ रनको पारी खेलेका थिए । दिपेन्द्र सिंह ऐरी ३३ रन बनाउने क्रममा क्याच आउट हुँदा विनोद भण्डारी ८ रनमा लामो सट हान्ने क्रममा समातिए । कुशल मल्ल १९ रनमा अविजित रहे । नेपालको ७ विकेट निकाल्दा फिट्रि साम, सेइद अजिज र अनवर रहमानको नाममा दुई-दुई विकेट रह्यो । मोहम्मद वाफिकले एक विकेट हात पारे ।  नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि शनिबार आयोजक नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।