१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप क्रिकेट: इङ्ल्यान्डको मध्यम सुरुआत



अ+ अ-

काठमाडौँ: भारतमा आजदेखि सुरु भएको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्ड विरुद्ध मध्यम सुरुआत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर न्युजिल्यान्डले इंग्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

इङल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ । उसका प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट व्यक्तिगत ३३, डी मलान १४ र ह्यारी ब्रुकले २५ रन बनाएर आउट भएका छन् ।

न्युजील्यान्डका लागि म्याट हेन्री, मिचेल सान्टनर र राचिन रबिन्द्रले एकएक विकेट लिएका छन् । अहिले क्रिजमा अनुभवी ब्याट्सम्यान जो रुट र मोइन अलि छन् ।

सन् २०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

न्युजिल्याण्ड टिम
डेभोन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान, विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जेम्स निशाम, मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट ।

इंग्ल्याण्ड टिम
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, ह्यारी ब्रुक, जोस बटलर (कप्तान, विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरान, क्रिस वोक्स, आदिल रसिद, मार्क वुड ।