• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशविरुद्ध नेपालको राम्रो सुरुवात, पावरप्ले मै चार विकेट झार्यो ★   आज बकर इद मनाइँदै ★   बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट ★   नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो ★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ

आइसिसी विश्वकप क्रिकेट: इङ्ल्यान्डको मध्यम सुरुआत



काठमाडौँ: भारतमा आजदेखि सुरु भएको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्ड विरुद्ध मध्यम सुरुआत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर न्युजिल्यान्डले इंग्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

इङल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ । उसका प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट व्यक्तिगत ३३, डी मलान १४ र ह्यारी ब्रुकले २५ रन बनाएर आउट भएका छन् ।

न्युजील्यान्डका लागि म्याट हेन्री, मिचेल सान्टनर र राचिन रबिन्द्रले एकएक विकेट लिएका छन् । अहिले क्रिजमा अनुभवी ब्याट्सम्यान जो रुट र मोइन अलि छन् ।

सन् २०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

न्युजिल्याण्ड टिम
डेभोन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान, विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जेम्स निशाम, मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट ।

इंग्ल्याण्ड टिम
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, ह्यारी ब्रुक, जोस बटलर (कप्तान, विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरान, क्रिस वोक्स, आदिल रसिद, मार्क वुड ।