६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप २०२३: इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै, यस्तो छ ‘हेड टु हेड’ र मौसम अपडेट



England’s Ben Stokes plays a reverse sweep off the bowling of New Zealand’s Glenn Phillips during the One Day International cricket match between England and New Zealand at The Oval cricket ground in London, Wednesday, Sept. 13, 2023.
अ+ अ-

काठमाडौँ । १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेबाट सुरु हुनेछ ।

इंग्ल्यान्डको जस बटलरले गर्नेछन् भने न्युजिल्यान्डको कप्तानी टम लाथमले गर्नेछन् । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले घुँडाको चोटको कारण आजको खेल गुमाउनेछन् । त्यसैले लाथमले नेतृत्व सम्हाल्नेछन् ।

२०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

हेड टु हेड
एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

पिच रिपोर्ट
नरेन्द्र मोदी स्टेडियम एक ब्याटिङ अनुकूल भएको मैदान हो । जहाँ ब्याट्सम्यानहरूले सजिलै रन बनाउन सकिने अपेक्षा गरिएको छ। यस मैदानमा पेसरहरूले खेलको उत्तरार्धमा केही मद्दत पाउन सक्छन् भने मध्य ओभरहरूमा स्पिनरहरू काममा आउन सक्छन्।

मौसम अपडेट
खेल भारतीय समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ । अहमदाबादमा खेलको अगाडि बिहान मात्रै २० प्रतिशत वर्षाको सम्भावना छ, तर खेल सुरु भएपछि कुनै पनि वर्षा नहुने बताईएको छ । तापक्रम दिउँसो मध्य ३० सेल्सियस सम्म हुनेछ र साँझमा क्रमश: घट्दै जानेछ।

इंग्ल्यान्डको सम्भावित प्लेइङ इलेवन
जेई रुट, एचसी ब्रुक, बेन स्टोक्स, एसएम कुरान, एमएम अली, एलएस लिभिङस्टोन, जेएम बेयरस्टो, जोस बटलर (कप्तान), एयू राशिद, मार्क वुड, आरजेडब्लू टोपले ।

न्यूजील्याण्डको सम्भावित प्लेइङ इलेवन:
डेभोन कोनवे, डब्ल्यूए योंग, डीजे मिचेल, मिचेल सान्टनर, रचिन रविन्द्र, टम लाथम (कप्तान), ग्लेन फिलिप्स, ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन, एमजे हेनरी, इश सोधी ।