११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । 

आज बिहान ७ बजे प्र।२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु¥याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस