१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिईको प्रवेश परीक्षा स्थगित



अ+ अ-

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पुल्चोकले स्नातक तह (बि ई/बि.आर्क.) को प्रवेश परीक्षा स्थगन गरेको छ ।

डिनको कार्यालयले आज एक सूचना प्रकाशन गरी डिन कार्यालय प्रवेश परीक्षा बोर्डका पदाधिकारीले संयुक्त राजीनामा दिएको भन्दै संस्थानले अर्को सूचना प्रकाशन नहुँदासम्म प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

इन्जिनियरिङ संस्थानका शुल्कको विषयलाई लिएर केही समयदेखि स्वतन्त्र विद्यार्थी युनियन र संस्थानका पदाधिकारीबीच विवाद हुँदै आएको थियो । यही सिलसिलामा परीक्षा बोर्डका सबै पदाधिकारी तथा विभागीय प्रमुखहरुले स्ववियूको हस्तक्षेप बढी हुन थालेको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन् ।

यो निर्णयसँगै प्रवेश परीक्षाको तयारी गरेर बसेका हजारौं विद्यार्थीको भविष्य अन्यौलग्रस्त बनेको छ ।