१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिईको प्रवेश परीक्षा स्थगित



अ+ अ-

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पुल्चोकले स्नातक तह (बि ई/बि.आर्क.) को प्रवेश परीक्षा स्थगन गरेको छ ।

डिनको कार्यालयले आज एक सूचना प्रकाशन गरी डिन कार्यालय प्रवेश परीक्षा बोर्डका पदाधिकारीले संयुक्त राजीनामा दिएको भन्दै संस्थानले अर्को सूचना प्रकाशन नहुँदासम्म प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

इन्जिनियरिङ संस्थानका शुल्कको विषयलाई लिएर केही समयदेखि स्वतन्त्र विद्यार्थी युनियन र संस्थानका पदाधिकारीबीच विवाद हुँदै आएको थियो । यही सिलसिलामा परीक्षा बोर्डका सबै पदाधिकारी तथा विभागीय प्रमुखहरुले स्ववियूको हस्तक्षेप बढी हुन थालेको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन् ।

यो निर्णयसँगै प्रवेश परीक्षाको तयारी गरेर बसेका हजारौं विद्यार्थीको भविष्य अन्यौलग्रस्त बनेको छ ।