१८ आश्विन २०८१, शुक्रबार
,
Latest
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति कायमै



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिंसा भड्किए पछि नेपालगञ्ज नगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु सर्वपक्षीय भेलामा भएको सहमति बमोजिम जिल्ला प्रशासन कार्यालयले दिउँसोको कर्फ्यु हटाएको छ ।

प्रशासन कार्यालयले आज एक सूचना प्रकाशन गरी आज बिहान ८ बजेदेखि कर्फ्यु हटाइएको जनाएको छ । तर प्रशासनले साँझ ८ बजेदेखि भोलि अर्थात् शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ ।

यस्तो कर्फ्यु नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह सीमा नाका) रहने छ ।

साथै प्रशासनले आज दिउँसोभर नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सदभाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले अनुरोध पनि गरेको छ ।