२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अध्यक्ष लामिछाने बझाङ भूकम्प प्रभावित क्षेत्रमा



अ+ अ-

काठमाडाैंः बझाङमा गत मंगलबार गएको ६.३ म्याग्नीच्युडको भूकम्प र त्यसपछिका लगातारका परकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थलगत रूपमै बुझ्न यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङ पुग्नु भएको छ । 

उहाँले भूकम्पबाट भएको क्षतिका बारेमा प्रशासन र सुरक्षा निकायसँग छलफल गर्नु भएको रास्वपाको सचिवालयले जनाएको छ ।

 अध्यक्ष लामिछानेले भूकम्प प्रभावितका लागि लगेका टेन्ट लगायतका सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको छ ।

लामिछानेले सामाजिक संजालमा लेख्नु भएको छ, भूकम्प प्रभावित बझाङका कैयाैं परिवार अस्थायी आवासमा छन् । तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन् । तर, त्याे मात्र प्रयाप्त नहुन सक्छ । त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आह्वान गर्दछु ।

उहाँले अगाडि लेख्नु भएको छ, आज दिनभर प्रभावित ठाउँहरुमा पुग्नेछु । यस्तो दुःखमा पनि हाँसेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुःख केन्द्रसम्म लैजाने इमानदार कोशिस गरिरहनेछु ।