• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

एसियाली खेलकुदः महिला कबड्डी बाहेक अरू खेलबाट निराशा



काठमाडाैंः चीनको हाङझावमा जारी एसियाली खेलकुदमा अब केही प्रतिस्पर्धा बाँकी छन् । यसबीचमा नेपालले भाग लिएका र प्रारम्भिक चरणमै नेपाली खेलाडीहरू बाहिरिइ सकेकाले पदकको सम्भावना टर्दै गएको छ । यद्यपी महिला कबड्डीमा नेपालले कम्तीमा एउटा पदक प्राप्त गर्ने अवस्था सिर्जना भएको  छ।

क्बड्डीमा नेपाल सेमिफाइनलमा

हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । लगातार २ हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

सेमिफाइनल प्रवेश गरेसंगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।

ब्याडमिन्टन
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन बुधबार प्रिक्वाटरफाइनलमा रोकिएकी छन् । बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए । पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।

भलिबल
महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–२३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित ग¥यो ।

नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासंग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।

भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११ औं स्थानका लागि अन्तिम खेल खेल्ने छ ।

एथ्लेटिक्स

एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।

विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयसाथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् । (राखेपको सहयोगमा)