२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख प्रकट



अ+ अ-

काठमाडौं: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार अपराह्न गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसयता पटक पटक गएका परकम्पका कारण एक जनाको मृत्यु, दर्जनौँ घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएको समाचारले आफूलाई दु:खित तुल्याएको बताउनु भएको छ ।

उहाँले एक वक्तव्य जारी गर्दै बझाङको भूकम्पले पुन: २०७२ सालको विनाशकारी भूकम्पको सम्झना दिलाएको भन्दै भूकम्पमा परी ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।

विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, भूकम्प प्रभावितहरूको लागि यथाशीघ्र राहत र पुनर्स्थापना व्यवस्था गर्न तथा भत्किएका संचनाहरूको पुनर्निर्माणको पहल गर्न म सम्बन्धित निकायहरूलाई हार्दिक आह्वान गर्दछु । ठूलो भूकम्पपश्चात आउन सक्ने परकम्पबाट हुने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपाउन समेत म सबैमा अनुरोध गर्दछु ।