२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख प्रकट



अ+ अ-

काठमाडौं: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार अपराह्न गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसयता पटक पटक गएका परकम्पका कारण एक जनाको मृत्यु, दर्जनौँ घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएको समाचारले आफूलाई दु:खित तुल्याएको बताउनु भएको छ ।

उहाँले एक वक्तव्य जारी गर्दै बझाङको भूकम्पले पुन: २०७२ सालको विनाशकारी भूकम्पको सम्झना दिलाएको भन्दै भूकम्पमा परी ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।

विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, भूकम्प प्रभावितहरूको लागि यथाशीघ्र राहत र पुनर्स्थापना व्यवस्था गर्न तथा भत्किएका संचनाहरूको पुनर्निर्माणको पहल गर्न म सम्बन्धित निकायहरूलाई हार्दिक आह्वान गर्दछु । ठूलो भूकम्पपश्चात आउन सक्ने परकम्पबाट हुने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपाउन समेत म सबैमा अनुरोध गर्दछु ।