११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी उत्पादन



अ+ अ-

काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी उत्पादन भएको छ । परीक्षणका रुपमा आज दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतापूर्वक उत्पादन भएको राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आजदेखि विद्युतीय राहदानीका लागि कतारस्थित नेपाली राजदूतावासले बुकिङ खुला गरेको छ । विभागले सुरुको एक हप्ताका लागि मात्र बुकिङ खुला गरिएको जनाएको छ ।

विभागले अन्य खाडी मुलुक र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीका लागि आवश्यक उपकरण पठाइसकिएको र ती सामान जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुआत हुने बताएको छ ।

विभागका अनुसार अन्य मुलुकमा रहेका सबै नेपाली नियोगमा उपकरण पठाउने कार्य भइरहेको र केही सातभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र पाँच वटा इलाका प्रशासन कार्यलय गरी ४१ स्थानबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

विभागले अन्य जिल्लामा तीन वटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरिरहेको जनाएको छ ।