७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले क्रिकेट टोलीलाई बधाई दिन त बिर्सेन तर पुरस्कार दिन बिर्सियो – सांसद शाह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले राष्ट्रिय क्रिकेट टोलीलाई दिइने भनेर घोषणा गरिएको पुरस्कार उनीहरुले नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

जारी प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले नेता तथा सरकारले आज एसियाडमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेकामा क्रिकेट टोलीलाई बधाई दिन नबिर्सेको तर घोषणा गरेको पुरस्कार भने दिन बिर्सिएको भन्दै सरकारको आलोचना गरे ।

उनले भने ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज एसियाडमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेको छ । बधाई दिन त कसैले बिर्सिएनन् होला । नेता र सरकारले पनि बधाई दियो होला । तर, पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा उठाउन मलाई लाज लागिसकेको छ ।’

उनले अगाडि भने ‘खेलाडीहरुले लिग जित्दै गए सरकारले पुरस्कार घोषणा गर्दै गयो । उनीहरुले पाउनुपर्ने रकम १७ लाख पुगिसक्दा २ रुपैया पनि पाउन सकेका छैनन् । खेल खेल्न जानुस् फर्किँदा खातामा पैसा आउँछ भनेर प्रधानमन्त्रीले बोल्नुभो तर भुक्तानीको कुनै सुरसार छैन । दलाल, बिचौलिया र ठेकदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला, ब्ल्यांक डेटमा चेक बन्थ्यो होला, खेलाडीलाई झुटो आश्वासनमा झुलाइएको छ । जितेर आएकाको त यो हाल छ भने जित्नका लागि सिक्दै गरेका हरुको हालत के होला ?’