१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोरोना कहर: धमाधम होटल बुकिङ रद्द

कोरोना कहर: धमाधम होटल बुकिङ रद्द
अ अ+ अ-

गलकोट । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् । 

कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।  

प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटलहरु धमाधम रद्द भएको हो”, राजभण्डारीले भन्नुभयो, “कोरोनाले थलिएका होटल व्यवसाय उठ्न थालेको समयमा पुनः समस्या परेको छ, अन्य जिल्लाको तुलनामा बागलुङमा बढी असर परेको देखिन्छ, सबै सचेत हुन जरुरी छ ।”

कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरु सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।

बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्राहलय हेर्न पाठपूजा गर्न आउने भए पनि प्रशासनले रोक लगाएपछि झनै समस्या भएको होटल व्यवसायी गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल बताउनुहुन्छ । “लामो समयपछि होटल व्यवसाय चलेको अवस्था थियो, एक्कासि मठ मन्दिरमा प्रवेश रोक लगाइएपछि होटल व्यवसायमा थप सङ्कट आउने अवस्था छ”, उहाँले भन्नुभयो । 

अन्य जिल्लामा मठमन्दिर प्रवेशमा रोक नलगाइएको तर बागलुङमा बन्द हँुदा प्रत्यक्षरूपमा यहाँका व्यापारी मारमा परेको चोखालको गुनासो छ । उहाँले सम्बन्धित निकायले वैज्ञानिक ढङ्गले मापदण्ड बनाएर मठमन्दिरमा प्रवेश गर्न दिए राम्रो हुने बताउनुभयो । सम्बन्धित निकायले होटल व्यवसायीसँग छलफलसमेत नगरी अन्य जिल्लाबाट बागलुङ घुम्न आउने पर्यटकलाई रोक लगाएको होटल व्यवसायीको गुनासो रहेको चोखालले बताउनुभयो । 

कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा होटल व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ ।  यो व्यापारको याम भए पनि बागलुङ बजारमै पर्यटक प्र्रवेशमा रोक लगाउँदा सबैभन्दा धेरै मारमा होटल व्यवसायी पर्ने गरेका छन् । 

भर्खर व्यापार शुरु भए पनि कोरोनाले गर्दा फेरि बन्द गर्नुपर्ने अवस्था आएको होटल राजनका सञ्चालक एञ्जिल शाक्यले बताउनुभयो । कोरोनाको जोखिम भन्दै मठमन्दिर बन्द हँुदा अहिले होटलमा पाहुना आउन कम भएको छ । कार्यक्रमका लागि गरिएको हल बुकिङ रद्द भएको उहाँको भनाइ छ । शाक्यका अनुसार आइतबार मात्रै ३३ जनाले होटलको कोठा बुक गरे पनि पछि बुकिङ रद्दको खबर आएको बताउनुभयो ।