• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन पेश



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० को आयोगको वार्षिक प्रतिवेदन पेश गरेका शीतल निवासका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।