४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । 

बस्नेतलाई आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन गरिएको हो । 

उनी रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएसँगै बस्नेतलाई बाटो खुला भएको हो । 

एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

बस्नेत राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष हुन् ।