काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै काम आजदेखि एक हप्ताका लागि बन्द गरेका छन् ।
आज विज्ञप्ति प्रकाशन गरी ती कार्यालयहरुले कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै अत्यावश्यक बाहेकका अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने भएको बताउनुभयो ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुने जनाएका हुन् ।
राजधानीमा भीडभाड कम होस् र अनावश्यक रुपमा घरबाट बाहिर निस्कन पर्ने अवस्था नआओस भनेर यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।









